दफा १५
दरपिठ आदेश उपर निवेदन दिन सक्ने
(१) नियम १४, बमोजिम दरपिठ गरिएको विषयमा चित्त नबुझ्ने पक्षले दरपिठ भएको मितिले सात दिनभित्र त्यस्तो आदेश बदरको लागि अदालतमा निवेदन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन. परेमा त्यस्तो निवेदन दर्ता गरी इजलास समक्ष पेस गर्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिमको निवेदन सुनुवाई गर्दा दरपिठ कानून सम्मत भएको नदेखिएमा इजलासले सो आदेश बदर गरी निवेदन दर्ता गर्न आदेश दिनु पर्नेछ।